काभ्रेमा १३ जना नयाँ संक्रमित थपिए, कूल संख्या ६७३ पुग्यो

काभ्रेमा १३ जना नयाँ संक्रमित थपिए, कूल संख्या ६७३ पुग्यो


काभ्रे ।

काभ्रे जिल्लामा ६७३ जनामा कोरोना पुष्टि भएको छ । आज थप १३ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ६७३ पुगेको हो ।

जस मध्ये ४४६ जना निको भएका छन् । जिल्लामा ११ जनाको संक्रमणबाट मृत्यु भएको मध्ये ४ जना भने अन्य जिल्लाका रहेका छन् । काभ्रेका मात्र ७ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख नरेन्द्रकुमार झाले जानकारी दिएका छन् ।

आज महाभारत गाउँपालिकाका १ पुरुषको मृत्यु भएको थियो भने धुलिखेलका ८ जना, पनौतीका १ जना, नमोबुद्धका १ तथा भुम्लुका २ जनामा कोरोना भएको छ ।

Logo