सरकारले डा. केसीको माग सम्बोधन गर्नुपर्छ–पूर्वराष्ट्रपति यादव

सरकारले डा. केसीको माग सम्बोधन गर्नुपर्छ–पूर्वराष्ट्रपति यादव


काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले अनसनरत डा. गोविन्द केसीको माग सरकारले तत्काल सम्बोधन गर्नुपर्ने बताएका छन् । शुक्रबार त्रिवि शिक्षण अस्पताल पुगेर भेट गर्दै पूर्वराष्ट्रपति डा.यादवले सरकारले तत्काल डा. केसीको माग सम्बोधन गर्नुपर्ने बताएका हुन् । उनले भने–‘डाक्टर केसीले आमजनताको माग उठाउनुभएको छ । वार्ताको माध्यमबाट सरकारले उहाँको माग तत्काल सम्बोधन गर्नुपर्छ ।’

जुम्लाको सिंहाचौरस्थित बाबिरामस्ट मन्दिरमा अनसन बसेका डा. केसीलाई स्वास्थ्य अवस्था नाजुक हुँदै गएपछि काठमाडौं ल्याइएको थियो । डा. केसी त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पताल महाराजगञ्जमा जान खोजे पनि प्रहरीले जबरजस्ती ट्रमा सेन्टरमा पुर्याएको थियो । पछि डा. केसीको आग्रहमा शिक्षण अस्पतालमै पुर्याइएको थियो । आज डा. केसी अनसन बसेको १९ दिन पुगेको छ ।

Logo