मुख्य सचिवमा शंकरदास वैरागी नियुक्त

मुख्य सचिवमा शंकरदास वैरागी नियुक्त


काठमाडौं ।
नेपाल सरकारको मुख्य सचिवमा शंकरदास वैरागी नियुक्त भएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मुख्यसचिव लोकदर्शन रेग्मीले बुधबार दिएको राजीनामा स्वीकृत गर्दै वैरागीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय थियो ।

मुख्यसचिवका लागि वैरागीसहित, केदारबहादुर अधिकारी, मोहनकृष्ण सापकोटा लगायत दाबेदार रहेका थिए । ३ वर्षे कार्यकाल पूरा गरी आगामी कात्तिक ३ गते अवकाश पाउने रेग्मीले त्यसको दुई साता अघि नै राजीनामा दिएका हुन् ।

रेग्मीलाई बेलायतको राजदूत नियुक्त गर्न मन्त्रिपरिषद्ले सिफारिस गरेको छ ।

Logo