‘सरकारलाई दिनहुँ गाली गर्दा सहनुपर्ने तर मिडियालाई केही भन्यो कि बुरुक्क उफ्रने’ – प्रधानमन्त्री (भिडियो)

‘सरकारलाई दिनहुँ गाली गर्दा सहनुपर्ने तर मिडियालाई केही भन्यो कि बुरुक्क उफ्रने’ – प्रधानमन्त्री (भिडियो)


प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि एकपटक विभिन्न मिडिया सम्पादकहरुसँग गुनासो पोखेका छन् । केही दिन अगाडि गठन भएको मिडिया एलायन्सका पदाधिकारीहरुसँग बुधबार साँझ भएको भेटमा सञ्चार माध्यमका सम्पादकहरुसँग प्रधानमन्त्री ओलीले गुनासो रहेको बताएका हुन् । सञ्चार जगतलाई केही भन्यो भने बुरुक्क उफ्रने प्रवृति रहेको उनको भनाइ छ ।

सञ्चार माध्यमले सरकारलाई दिनहुँ गाली गर्दा सहनुपर्ने तर सञ्चार माध्यमलाई आफुले एक पटक सुझाव दिँदा सहन्न भन्ने प्रवृति सम्पादकहरुमा देखिएको प्रधानमन्त्री ओलीको आरोप छ । सरकारलाई दिनरात गालि गर्दा सहनुपर्छ भनेर सुझाव दिने सञ्चार माध्यमले पनि सहने सक्तिको विकास गर्नुपर्नेमा उनको जोड छ ।

प्रधानमन्त्री ओलीले नेपालमा अगाडि बढ्न चाहनेहरुको खुट्टा तान्ने प्रवृति रहेको पनि बताए । बाकसमा रहने भ्यागुताको उदाहरण दिदै कोही पनि अगाडि बढ्न नसक्ने गरी खुट्टा तान्ने प्रवृति रहेको उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीले मिडियाकर्मीहरुसँग विज्ञापन बोर्डको गठन छिट्टै हुने प्रतिवद्धता समेत जनाएका छन् । बोर्ड गठन नहुँदासम्म अन्य कुनै सरकारी संयन्त्रबाट विज्ञापन बजारको नियमन गरिने समेत उनले बताए ।

Logo