१६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी, २४ वर्षीय युवक हिरासतमा

१६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी, २४ वर्षीय युवक हिरासतमा


काठमाडौँ । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गर्ने एक जना पक्राउ परेका छन् ।  जबरजस्ती करणी गरेको अभियोगमा सिन्धुपाल्चोक जुगल गाउँपालिका-४ सेर्माथान बस्ने २४ वर्षीय अरुण लामालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई भक्तपुर, भक्तपुर नगरपालिका-९ च्यामासिंहबाट पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Logo