नेपाल–चीनबीचको सीमा सम्बन्धमा सरकारले हतारमा धारणा सार्वजनिक गर्यो– कांग्रेस

नेपाल–चीनबीचको सीमा सम्बन्धमा सरकारले हतारमा धारणा सार्वजनिक गर्यो– कांग्रेस


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हुम्ला जिल्लास्थित नेपाल– चीनको सीमा सम्बन्धी प्रश्नमा सीमा मिचिएको विषय स्थलगत अध्ययनको विवरण आउनु पूर्व नै ‘सीमा मिचिएको छैन’ भनेर परराष्ट्र मन्त्रालयले धारणा सार्वजनिक गरेकोप्रति ध्यानाकर्षण भएको जनाएको छ । बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारको उक्त धारणाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।

कांग्रेले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ–‘सरकारको जिल्लास्थित संरचनाको नेतृत्वमा रहेका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र नेपाली सेना समेतको टोलीको स्थलगत अध्ययन जारी रहँदै, स्थलगत भ्रमण पूरा गरेर सदरमुकाम फर्कनु पूर्व नै सरकारले धारणा सार्वजनिक गर्नु युक्तिसंगत देखिएन ।’

त्यस्तै अध्ययन टोलीले ११ नम्बर पिल्लर बुधबार मात्रै भेटेको र चीनले निर्माण गरेको संरचना १२ नम्बर पिल्लरबाट बाहिर या भित्र भनेर अध्ययन टोलीको स्थलगत अध्ययन निष्कर्षपछि सीमा मिचिएको हो÷होइन भन्ने बारे निष्कर्षमा पुग्न सकिने स्थितिलाई सरकारले हेक्का नराखेको कांग्रेसको आरोप छ ।

विज्ञप्तिमा उल्लेख गरिएको छ–‘स्थलगत अध्ययनको धारणा आउनु पूर्व नै ‘सीमा मिचिएकै छैन’ भनेर ठोस अध्ययनको आधार बेगर धारणा सार्वजनिक गर्नु परराष्ट्र मन्त्रालयको कमजोरी रहेको हाम्रो ठहर छ ।’
पूरा विज्ञप्तिः

Logo