लिम्बु संस्कृतिमा आधारित नयाँ गीत ‘ज्यानै हाजिर भो’ सार्वजनिक (भिडियो)

लिम्बु संस्कृतिमा आधारित नयाँ गीत ‘ज्यानै हाजिर भो’ सार्वजनिक (भिडियो)


काठमाडौं ।

मुन्धुमी गायक ब्रबिम शेर्माको नयाँ म्युजिक भिडियो ‘ज्यानै हाजिर भो’ सार्वजनिक भएको छ । अरिजिन नेपाल युट्युव च्यानलमार्फत सार्वजनिक गीतमा ब्रबिमका साथमा सीता सिंघाकको आवाज सुन्न सकिन्छ ।

गीतको सार्वजनिक भिडियोमा गायक शेर्मा आफैँले अभिनय गरेका छन् । यसैगरी गीतमा ब्रबिमका साथमा फिचर छिन् सिरेङ इक्शा मादेनले साथ दिएकी छन् ।

पूर्वेली लिम्बु सांस्कृतिक भाकामा आधारित गीतमा शब्द र संगीत आख्यानकार राजन मुकारुङको रहेको छ । भिडियोलाई किरण चाम्लीङले निर्देशन गरेका छन् भने छायांकन भुपेन्द्र तुम्बाहाम्फेले गरेका हुन् । यसैगरी सम्पादन अनिल राना मगरले गरेका छन् । भिडियो :

Logo