आज नेकपा सचिवालय बैठक बस्दै

आज नेकपा सचिवालय बैठक बस्दै


काठमाडौं ।

नेकपाको सचिवालय बैठक आज दिउँसो साढे १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

यसअघि सोमबार बस्ने तय भएको बैठक तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो । बैठकका एजेण्डाका विषयमा सोमबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच छलफल भएको थियो । पार्टी विवाद समाधान गर्न गठित कार्यदलले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने विषयमा पार्टीभित्र छलफल भइरहेको छ।

मंगलबार बस्ने बैठकमा संवैधानिक निकायका रिक्त पदमा नियुक्ति, एकताका बाँकी कामलाई पूर्णता, महाधिवेशनको तयारीका लागि साङ्गठिक काम आदि बैठकको एजेण्डा छ ।

आइतबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठनका विषयमा ३ वटा विकल्प प्रस्तुत गरेका थिए ।

Logo