कोरोना सङ्क्रमणका कारण झापामा एक वृद्धाको मृत्यु

कोरोना सङ्क्रमणका कारण झापामा एक वृद्धाको मृत्यु


झापा ।

कोरोना संक्रमणका कारण सोमबार झापामा एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेची नगरपालिका–५ निवासी ७२ वर्षीया वृद्धा रहेको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चम्लगाइँले जानकारी दिए ।

श्वासप्रश्वासमा समस्या भएपछि एक साता अघि उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । धरानमा उपचाररत रहेकी वृद्धाको सोमबार निधन भएको हो । योसँगै कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या झापामा चार पुगेको छ ।

झापामा हालसम्म सात सय ९१ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । २४ हजार ६६५ जनाको कोरोना परीक्षण गर्दा ७९१ जनालाई कोरोना सङ्क्रमण देखिएको हो । कोरोना सङ्क्रमितमध्ये ६७८ जनाले कोरोना जितेर घर फर्किएका छन् भने ११० जना उपचारकै क्रममा रहेको चम्लगाइँले जानकारी दिए।रासस

Logo