भक्तपूरमा ‘नेपाल स्काउट’को एसएमएस सचेतना अभियान (भिडियोसहित)

भक्तपूरमा ‘नेपाल स्काउट’को एसएमएस सचेतना अभियान (भिडियोसहित)


भक्तपूर ।

सामाजिक सेवामा क्रियाशिल संस्था ‘नेपाल स्काउट’ले कोभिड–१९ को महामारीका समयमा पनि विभिन्न सेवामूलक काम गर्दै आएको छ । विभिन्न सामाजिक गतिविधीमा आफ्नो अब्बल र उल्लेख्य उपस्थिति जनाउँदै आएको संस्थाले हाल महामारीबाट बच्नका लागि अपनाउनु पर्ने उपाय तथा सर्वसाधारणहरूका लागि सचेतना मूलक अभियान सम्पन्न गरेको हो ।

विशुद्ध गैरराजनीतिक एवं सामाजिक अभियानका अभियन्ताको रूपमा आम नेपाली युवायुवती, बालबालिका तथा वृद्धवृद्धाहरूलाई चेतनाको विकास गराई देश विकास तथा समृद्धिका निम्ति आर्थिक, शैक्षिक, सामाजिक, मानसिक, सांस्कृतिक रूपान्तरणमा लागिपरेको यस संस्थाले हाल कोरोना भाइरसविरुद्ध जनचेतना जागरण गर्नुलाई पनि विशेष प्राथमिकतामा राख्दै आएको छ ।

भिडियो :

 

गत चैत महिनाको सुरुबाटै जनचेतनामूलक काम गर्दै आएको स्काउटले सुरुमा ‘ह्याण्ड स्यानेटाइजेसन स्टेसन’ स्थापना गर्ने, संक्रमितहरूको व्यवस्थापन, क्वारेन्टाइन निर्माण, होल्डिङ सेन्टर निर्माण, अस्पतालहरूमा स्वाब संकलन, स्वाब संकलन तथा त्यसलाई अस्पतालसम्म पु¥याउनेदेखि लिएर आइसोलेसनमै गएर स्वयं सेवा गर्ने, कोरोना संक्रमणबाट मृत्यु भएका शव व्यवस्थापन लगायतमा स्काउटले आफ्नो उल्लेख्यनीय उपस्थिति जनाउँदै आएको छ ।

यसका साथै सरकारले घोषणा गरेको लकडाउन तथा निषेधाज्ञाका बीचमा पनि नेपाल स्काउट मानव तथा पशुपन्छीहरूलाई समेत खानाको व्यवस्थामा जुटेको थियो । हाल संस्थाले १५ दिने अभियान अन्तर्गत उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपूर र ललितपुरमा हरेक दिन एसएमएस (स्यानिटाइजर, मास्क, सोसल डिस्टेन्स मेन्टेन) विषयक सचेतना कार्यक्रम सञ्चालन सम्पन्न गरेको छ । यस अभियानलाई ‘एसएमएस बिहावीयर रिइन्फोर्समेन्ट क्यापियन’ नाम दिएर सञ्चालन गरिएको स्काउटले जानकारी गराएको छ ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल स्काउट, युनिसेफ र हिसानको संयुक्त रूपमा आयोजित यो अभियानले विशेष गरेर बढी भिडभाड हुने ठाउँलाई केन्द्रमा राखेर काम गर्दै आएको थियो । ‘समाजमा धेरै जना मास्क बोकेर हिड्ने तर, मास्क नलगाउने, हात नधुने, सामाजिक दुरी कायम नगर्ने जस्ता गल्तिहरू भइरहेको र त्यसतर्फ सचेतना जगाउन संस्था लागि परेको बताउँछन् जिल्ला स्काउट कार्यालय भक्तपूरका जिल्ला आयुक्त रामगोपाल कर्माचार्य । यस अभियानले समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्पूर्ण भूमिका खेलेको कर्माचार्यको भनाई छ ।

आम नेपाली आफैंमा सचेत र जागरुक भएर पनि उनीहरूलाई पटक पटक पुर्नताजकिकरणका लागि यो अभियान महत्वपूर्ण रहेको नेपाल स्काउटका निर्देशक रामप्रसाद भट्टराई बताउँछन् । भाइरस संक्रमण त्रासका कारण जनजीवन कष्कटर बन्दै जाँदा स्काउट भने समाजलाई थप सचेत र उर्जाशिल बनाउन लागि रहेको र अबका दिनमा पनि निररन्तर लागिरहने भट्टराईको भनाई छ ।

यस अभियानमा स्काउटका स्वयंसेवक पनि निश्वार्थ भावनाका साथ लागि परेका छन् । समाज परिवर्तनका लागि सामाजिक भावनासहित लागिपरेको यस अभियानले महामारी नियन्त्रणमा सकारात्मक भूमिका निर्वाह गर्ने बताउछिन्, नेपाल स्काउट ‘यस कन्ट्री’ प्रोग्रामकी प्रोग्राम कोअर्डिनेटर सरु गोसाईं ।

Logo