प्रविन बेडुवालको आवाजमा नयाँ गीत ‘पहिलो नजरमा चाहन्छु’ सार्वजनिक (भिडियो)

प्रविन बेडुवालको आवाजमा नयाँ गीत ‘पहिलो नजरमा चाहन्छु’ सार्वजनिक (भिडियो)


काठमाडौं ।

नव गायक तथा ‘नेपाल आइडल सिजन-३’ का फस्ट रनरअप प्रविण बेडवालको आवाजमा नयाँ गीत ‘पहिलो नजरमा चाहन्छु’ सार्वजनिक गरिएको छ । शास्त्रीय संगीतमा रहेर तयार गीतमा अग्रज गायक तथा संगीतकार नरेन्द्र प्यासीको संगीत सुन्न सकिन्छ ।

प्रेमील शब्दले भरिएको गीतलाई नविन नेपालले लेखेका हुन् । विगत लामो समयदेखि अमेरिकामा बस्दै आएका रचनाकार नेपालले गीत सार्वजनिक गर्दै नेपाली गीत संगीतप्रतिको झुकावकै कारण नयाँ गीत बजारमा लिएर आएको बताए ।

यस्तै गीतका संगीतकार नरेन्द्र प्यासीले लामो समयको अन्तरालमा शास्त्रीय संगीतमा रहेर नव प्रतिभा बेडुवालसँग रहेर नयाँ गीत बजारमा ल्याउँन पाउँदा निकै खुसी लागेको बताए ।
‘फिल’ स्टुडियोमा रेकर्ड गरिएको गीतमा रोशन शर्माको चतुरंग, कुमार महाराजको तवला, विनोदकमार भुजेलको गिटार र नगेन्द्र राईको बाँसुरी सुन्न सकिन्छ ।

लिरिकल भिडियोमार्फत सार्वजनिक गीत नेपाल विशेषको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको हो । भिडियो :

Logo