पर्सामा एकैदिन १६९ जना कोरोना मुक्त, कूल संक्रिमत संख्या २,४५१

पर्सामा एकैदिन १६९ जना कोरोना मुक्त, कूल संक्रिमत संख्या २,४५१


काठमाडौं ।

पर्सामा सोमबार साँझ १६९ जना कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किएका छन् । कोरोना जितेर डिस्चार्ज हुनेमा वीरगन्ज महानगरपालिकाको होम आइसोलेसनमा बसेका ९२ जना, सिद्धार्थ माविको सेमी आइसोलेसनमा बसेका ३३ जना र गोपालमण्डली धर्मशालाको सामुदायिक आइसोलेसनमा बसेका २१ जना छन् ।

यसैगरी होटल विजय ज्योतीको सेमी आइसोलेसनबाट ८ जना, गण्डक अस्थायी कोभिड अस्पतालबाट ७ जना, होटल बाटिकाको सेमी आइसोलेसनबाट ३ जना र पकाहा मैनपुर गाउँपालिकामा होम आइसोलेसनमा बसेका ३ जना पनि सोमबार कोरोनामुक्त भए ।

त्यस्तै वीरगन्जको कलवार धर्मशाला र जनगरनाथपुर गाउँपालिकाको सामुदायिक आइसाेलेसनबाट १-१ जना सोमबार नै कोरोना मुक्त भइ घर फर्किएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । उनीहरूले कोरोना संक्रमण पुष्टि भएको १२ दिनमा कोरोना जितेका हुन् ।

जिल्ला प्रशासन कार्यालय पर्साकाे तथ्यांक अनुसार हालसम्म पर्सामा दुई हजार चारसय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये एक हजार आठ सय ३३ जना संक्रमित निको भएका छन् । हालसम्म ४३ जनाको मृत्यु भएको छ ।नयाँ पत्रिकाबाट

Logo