साताकाे शेयर बजार : समग्रमा २०.१९ अंकले बढ्यो नेप्से परिसूचक

साताकाे शेयर बजार : समग्रमा २०.१९ अंकले बढ्यो नेप्से परिसूचक


यस हप्ता शेयर बजारमा उतार चढाव कायमै रह्यो । चार दिन खुलेको कारोबारमा दुई दिन घट्यो भने दुई दिन बढेको छ । समग्रमा २०.१९ अंकले बढेको छ। गत हप्ता बुधबार नेप्से २ हजार ५४६ दशमलव ६० बिन्दुमा झरेको नेप्से यस हप्ताको बिहीबार २ हजार ५६६.७९ अंकमा पुगेको छ। 

कारोबार हुने साताको पहिलो दिन आइतबार शेयर बजारमा झिनो अंकको गिरावट आएको छ । गत हप्ता बुधबार ६३ दशमलव ९८ अंकले घटेको बजार आइतबार कारोबार खुल्दा केही बढे पनि अन्तिममा ३ दशमलव ६६ अंकले घटेर २ हजार ५४३ बिन्दुमा झरेको हो ।

आइतबार २३० वटा धितोपत्रको ५१ लाख ३९ हजार २३९ कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट २ अर्ब ४९ करोड ३२ लाख ४१ हजार २७३ रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । 

आइतबार १३ वटा समूहमध्ये ४ वटा समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ । त्यस्तै, मैलुङ खोला जलविद्युत कम्पनीको शेयर मूल्य ७ दशमलव ८० प्रतिशतले बढेको छ । 

कारोबार रकमको आधारमा शिवम् सिमेन्टको १५ करोड २२ लाख ८२ हजार रुपैयाँ बराबरको शेयर खरिद विक्री भयो ।

कारोबार हुने साताको दोस्रो दिन सोमबार शेयर बजारमा झिनो अंकको वृद्धि आएको छ । आइतबार ३ दशमलव ६६ अंकले घटेको बजार सोमबार कारोबार भएदेखि नै घट्न थाले पनि अन्त्यमा १ दशमलव ५४ अंकले बढेर २ हजार ५४४ विन्दुमा पुगेको छ । 

सोमबार २३० वटा धितोपत्रको ५३ लाख १५ हजार २९२ कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट २ अर्ब ६० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । 

सोमबार १३ वटा समूहमध्ये ५ वटा समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ । कारोबार रकमको आधारमा शिवम् सिमेन्टको २७ करोड ६९ लाख ३२ हजार रुपैयाँ बराबरको शेयर खरिद विक्री भयो।

मंगलबार नारी दिवसमा सार्वजनिक बिदा भएकाले कारोबार बन्द भयो ।

कारोबार हुने साताको चौथो दिन बुधबार शेयर बजार दोहोरो अंकले घटेकोे छ । सोमबार झिनो अंकले वृद्धि भएको बजार बुधबार ३० दशमलव २९ अंकले घटेर २ हजार ५१४ दशमलव ६५ बिन्दुमा झरेको छ । 

बुधबार २२९ वटा धितोपत्रको ४९ लाख ५९ हजार ९१९ कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट २ अर्ब ३५ करोड २३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । 

बुधबार १३ वटा समूहको परिसूचक घटेको छ । सबैभन्दा बढी व्यापार समूहको ३ दशमलव ०३ प्रतिशतले घटेको हो । कारोबार रकमको आधारमा नेपाल दुरसञ्चार कम्पनी लिमिटेडको १० करोड ५२ लाख २१ हजार ५९९ रुपैयाँ बराबरको शेयर खरिद बिक्री भयो ।  

कारोबार हुने साताको अन्तिम दिन बिहीबार शेयर बजार उच्च अंकले वृद्धि भएको छ । बुधबार ३० दशमलव २९ अंकले घटेको बजार बिहीबार ५२ दशमलव २१ अंकले बढेर २ हजार ५६६ दशमलव ७९ बिन्दुमा पुगेको हो । 

बिहीबार २२६ वटा धितोपत्रको ५६ लाख १० हजार ६३१ कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट २ अर्ब ७९ करोड १८ लाख ७२ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । 

बिहीबार अन्य समूह बाहेक अरु सबै समूहको परिसूचक बढेको छ । सबैभन्दा बढी लघुवित्त समूहको ५ दशमलव ०६ प्रतिशतले बढेको हो । बिहीबार इमर्जिङ नेपालको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । 

कारोबार रकमको आधारमा अपि पावर कम्पनी लिमिटेडको १६ करोड ५६ लाख २९ हजार ९६६ रुपैयाँ बराबरको शेयर खरिद बिक्री भयो । 

Logo