राणाविरुद्धको महाभियोग प्रस्तावमाथि चैत २ गतेबाट छलफल

राणाविरुद्धको महाभियोग प्रस्तावमाथि चैत २ गतेबाट छलफल


प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाविरुद्धको महाभियोग प्रस्तावमाथि आगामी चैत २ गतेबाट प्रतिनिधिसभामा छलफल हुने भएको छ। 

संघीय संसद् सचिवालयमा दर्ता भएको एक महिनापछि बल्ल आइतबार बसेको प्रतिनिधिसभा बैठकले महाभियोगमाथि छलफलको समय निर्धारण गरेको हो। बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले आगामी चैत २ गते बस्ने बैठकबाट छलफल सुरु हुने जानकारी गराएका हुन्।

 ‘आगामी बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्तावमाथि छलफल हुनेछ,’ सभामुख सापकोटाले बैठकमा भने। प्रस्ताव दर्ता भएको २१ दिनपछि गत फागुन २२ गते संसदले ११ सदस्यीय महाभियोग प्रस्ताव अध्ययन समिति गठन गरेको थियो। 

आइतबारको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले राणाविरुद्धको महाभियोग प्रस्ताव प्रस्तुत गरेका हुन्। फागुन १ गते दर्ता गरिएको महाभियोग प्रस्ताव पेस गर्दै उनले महाभियोग प्रस्ताव पारित गर्न सघाउन सबै सांसदहरूलाई आग्रह गरे। 

गत फागुन १ गते गुरुङसहित कांग्रेस सचेतक पुष्पा भुसाल र नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक जीवनराम श्रेष्ठ प्रस्तावक तथा ९५ जना सांसद समर्थक रहेर राणाविरुद्ध महाभियोगको प्रस्ताव संसदमा दर्ता गरिएको थियो।

Skip This
Logo