कियाले सिंगल चार्जमा ४०० किलोमिटर रेन्ज दिने इलेक्ट्रिक कार छिट्टै बजारमा ल्याउने

कियाले सिंगल चार्जमा ४०० किलोमिटर रेन्ज दिने इलेक्ट्रिक कार छिट्टै बजारमा ल्याउने


कार निर्माता कम्पनी कियाले भारतमा १४ इलेक्ट्रिक कारहरू लन्च गर्ने योजना बनाएको छ। यस दशकको अन्त्यसम्ममा कम्पनीले हरेक वर्ष ४० लाख सवारी साधन बिक्री गर्ने लक्ष्य लिएको हाे। कम्पनीले हरेक वर्ष कम्तीमा २ वटा नयाँ इलेक्ट्रिक सवारी साधन लन्च गर्नेछ।

कम्पनीले किया ईभी लन्च गर्ने तयारी गरिरहेको छ। कम्पनीले यो कार अर्काे वर्षभित्र अन्तर्राष्ट्रिय बजारमा पेश गर्ने तयारी गरेको छ। यो इलेक्ट्रिक क्रसओभरलाई गतवर्ष कन्सेप्टको रूपमा प्रस्तुत गरिएको थियो।

कियाले आगामी दिनमा बजारमा ल्याउने फ्ल्यागसिप इलेक्ट्रिक कार किया ईभी९ हाल उपलब्ध किया ईभी६ भन्दा आकारमा ठूलो हुनेछ र ३ पंक्तिमा हुनेछ। यसलाई ई–जीएमपी प्लेटफर्ममा विकास गरिनेछ। मिडिया रिपोर्टका अनुसार यसको जीटी भर्सनले ५६९ बीएचपीसम्मको पावर जेनेरेट गर्छ।

किया ईभी९ मा ९० केडब्ल्युएचको ब्याट्री हुन सक्छ, जसले सिंगल चार्जमा ४०० किलोमिटरभन्दा बढीको रेन्ज कभर गर्ने दावी गरिएको छ। साथै, यसको गति पनि धेरै हुन सक्छ।

Logo