1
1
1
1

0 Shares

राष्ट्रपति जस्तो सम्मानित संस्थालाई सरकारले विवादमा पार्‍यो : देउवा

1
1
1
1
1
1

काठमाडौं

प्रमुख प्रतिपक्ष दल कांग्रेसले सरकारले नीति तथा कार्यक्रममार्फत् राष्ट्रपति जस्तो सम्मानित संस्थालाई थप विवादमा पारेको आरोप लगाएको छ ।

सभापति शेरबहादुर देउवाले ‘मेरो सरकार’ भनि राष्ट्रपति विद्या भण्डारीलाई नीति तथा कार्यक्रम सम्बोधन गर्न लगाएर सरकारले राष्ट्रपति जस्तो सम्मानित संस्थालाई थप विवादमा पारेको बताएका छन् । आइतबार सरकारले संघीय संसदको संयुक्त बैठकमा पेश गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा उनले बेलायती महारानीको शैलीमा सम्बोधन गर्न लगाएर सरकारले राष्ट्रपति जस्तो सम्मानित संस्थालाई थप विवादमा पारेको बताएका हुन् । ‘बेलायती महारानीको शैलीमा सम्बोधन गर्न लगाएर सरकारले राष्ट्रपति जस्तो सम्मानित संस्थालाई थप विवादमा पारेको छ’, सभापति देउवाले भने, ‘यो लोकतान्त्रिक गणतन्त्रका लागि शुभ संकेत होइन ।’

देउवाले सरकारको नीति तथा कार्यक्रममा बकम्फूसे र उडन्ते कुरा राखिएको उल्लेख गर्दै त्यो कार्यान्वयन नहुने दाबी गरे । लडहमा सरकारले आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गरेकाले त्यसको कार्यान्वयन हुने कुनै आधार नरहेको उनको दाबी थियो । देउवाले आफ्नो पालामा सुरु गरिएको कतिपय कार्यक्रमहरुको जस सरकारले लिन खोजेको भन्दै आपत्ति जनाए । उनले न्यानो स्याटलाईट आफ्नो पालामा सुरु भएको कार्यक्रम भएपनि त्यसलाई सरकारले आफैले अन्तरिक्षमा पठाए जस्तो बकम्फूसे दाबी गरेको भन्दै असन्तुष्टि व्यक्त गरे ।
नयाँ पत्रिकाबाट

प्रकाशित: २३ बैशाख २०७६ ०६:१९ सोमबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी