लुप नेटवर्कस लिमिटेडले ४ लाख कित्ता साधारण शेयर जारी गर्ने

लुप नेटवर्कस लिमिटेडले ४ लाख कित्ता साधारण शेयर जारी गर्ने


एनआईसी एशिया क्यापिटलले “IDEA to IPO” सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापनाकालदेखि आइपिओ जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराइरहेको छ। 

सोही सेवा अन्तर्गत लुप नेटवर्कस लिमिटेडको रु.१००/– अंकित दरका ४ लाख कित्ता साधारण शेयर सर्वसाधारणहरुमा (सामूहिक लगानी कोष तथा कर्मचारीहरुसहित) साधारण शेयर सार्वजनिक निष्कासन गर्नका लागि एनआईसी एशिया क्यापिटल लिमिटेड र लुप नेटवर्कस लिमिटेडबीच निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको छ।

Logo