नागरिकलाई नागरिकता दिनु सरकारको दायित्व हाे : अध्यक्ष यादव

नागरिकलाई नागरिकता दिनु सरकारको दायित्व हाे : अध्यक्ष यादव


जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नागरिकलाई नागरिकता दिनु सरकारको दायित्व भएको बताएका छन्।

कपिलवस्तुको कृष्णनगरमा शनिबार आयोजित पार्टीको भेला तथा पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष यादवले मधेशका कतिपय नागरिक अझै पनि नागरिकताबाट वञ्चित रहेको उल्लेख गरे। तराईमा जनसङ्ख्या धेरै भए पनि कुनै पनि निकायमा यहाँका नागरिकको प्रतिनिधित्व कम रहेको उनको भनाइ थियो । 

शिक्षा, आर्थिक र जातीय हिसाबले पछाडि परेका नागरिकलाई सरकारले लगानी गरि माथि उकास्नुपर्ने अध्यक्ष यादवले बताए।

जसपाको अनुशासन आयोगका संयोजक नरसिंह चौधरी, लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सहसराम यादव, प्रदेश अध्यक्ष अशोक यादवलगायतले पार्टीलाई आगामी निर्वाचनमा विजयी गराउन आग्रह गरे।

Logo