1
1
1
1
1

0 Shares

नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको आज प्रधानमन्त्रीले जवाफ दिने

1
1
1
1
1
1

काठमाडौं

सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने भएको छ । नीति तथा कार्यक्रममाथि संसदमा भएको छलफलका क्रममा उठेका प्रश्नहरुको प्रधानमन्त्री केपी शर्मा ओलीले आज जवाफ दिने भएका हुन् ।

गत शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष ०७६,७७ को नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । त्यसमाथिको छलफल आज सकिदैंछ ।

नीति तथा कार्यक्रमको विपक्षी दलका सांसदले आलोचना गरेका छन् भने सत्तापक्षीय सांसदले बचाउ गर्दै आएका छन् । नीति तथा कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपति भण्डारीले प्रयोग गरेको मेरो सरकार शब्दावलीको पनि ब्यापक आलोचना भइरहेको छ ।

प्रकाशित: २४ बैशाख २०७६ ०८:४१ मंगलबार

1
1
1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी