गठबन्धन बनाएर चुनावमा जाने कांग्रेसको निर्णय (भिडियाे)

गठबन्धन बनाएर चुनावमा जाने कांग्रेसको निर्णय (भिडियाे)


कांग्रेसले आगामी स्थानीय तहमा अवस्था र आवश्यकताका आधारमा अन्य दलसँग गठबन्धन गर्ने निर्णय गरेको छ । 

पार्टी केन्द्रीय समिति बैठकले गठबन्धनमा जाने नीतिगत निर्णय सर्वसम्मत रुपमा पारित गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । 

नीतिगत निर्णयलाई केन्द्र, प्रदेश, जिल्ला र क्षेत्रीय समिति तहमा संयन्त्र बनाएर कार्यान्वयनमा लैजाने उनले जानकारी दिए । गठबन्धनमा रहेका दलहरूको क्षमताको आधारमा तालमेल गर्ने कांग्रेसले निर्णय गरेको छ ।

गत शुक्रबारदेखि सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठक मंगलबार सकिएको छ । पार्टीको अनुसासन र संसदीय समिति भने पछि बनाइने भएको छ ।

पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणबाट फर्किएपछि थप छलफल गरेर समिति बनाउने प्रवक्ता महतले बताए । 

यसैबीच कांग्रेसले स्थानीय तह निर्वाचनका लागि परिचालन समिति भने गठन गरेको छ । निर्वाचन परिचालन समिति र निर्वाचन प्रचारप्रसार समिति गठन गरेको हो ।

उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरिएको कांग्रेसले जनाएको छ । प्रवक्ता महतको संयोजकत्वमा निर्वाचन प्रचारप्रसार समिति गठन गरिएको छ ।

 

Logo