सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको कूल सङ्ख्या ६,२६१

सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको कूल सङ्ख्या ६,२६१


कैलाली ।

सुदूरपश्चिम प्रदेशमा शनिबार थप २९ जनामा कारोना सङ्क्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल धनगढी सहित डडेलधुरा र डोटी जिल्ला अस्पतालको प्रयोगशालामा गरिएको नमूना परीक्षणमा कैलाली, कञ्चनपुर, डोटी र डडेलधुराका थप व्यक्तिमा कोरोना सङ्क्रमणको पुष्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ६ हजार २६१ पुगेको छ ।

कोभिड-१९ बाट प्रदेशमा सबै भन्दा बढी प्रभावित जिल्ला कैलालीमा सक्रिय सङ्क्रमितको सङ्ख्या पनि ४७५ पुगेको छ । यस्तै अछाममा ४० बैतडी ५६ बझाङ ७१ बाजुरा नौ, डडेलधुरा र दार्चुलामा सात/सात,डोटी ५८, र कञ्चनपुरमा ५२ जना सहित प्रदेशमा सक्रिय सङ्क्रमित ७७५ पुगेका छन् ।

सेती प्रादेशिक अस्पतालको सघन उपचार कक्ष (आइसियू) मा उपचाररत एक जना सङ्क्रमितको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । उनको प्लाज्मा थेरापि विधिबाट उपचार भइरहेको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए ।

आज सम्म प्रदेशमा पिसिआर पद्धतिबाट ७१ हजार ३३४ नमूनाको परीक्षण गरिसकिएको छ । कोरोना निको भइ डिस्चार्ज हुनेमा पाँच हजार ४७५ जना पुगेका छन् । हालसम्म कोरोनाका कारण कैलालीका छ, बझाङ र बाजुराका दुई/दुई र अछाममा एक जना समेत ११ जनाको मृत्यु भएको छ ।

Logo