१२ असोज २०७९ बुधबार
1
1
1
1

0 Shares

पूर्व बजेट छलफल : पपुलिष्ट बजेट ल्याउने अर्थमन्त्रीको तयारी

1
1
1
1

काठमाडौं,

अर्थमन्त्री डा. युवराज खतिवडाले स्रोत र साधनले पुगेसम्म राजनीतिक प्रतिवद्धता पुरा हुने गरी पपुलिष्ट बजेट ल्याउने बताएका छन् । संसद्को अर्थ समितिले आयोजना गरेको पूर्व बजेट छलफल कार्यक्रममा अर्थमन्त्री खतिवडाले बजेट अर्थ–राजनीतिक दस्तावेज भएकोले स्रोत र साधनले भ्याएसम्म राजनीतिक प्रतिवद्धता पुरा गर्ने गरी बजेट ल्याउने तयारी भएको बताए । ‘राजनीतिक लोकप्रियतावाद र आर्थिक यथार्थवादको सन्तुलन रुपनै बजेट हो,’ उनले भने ‘समन्यातिक र सन्तुलित हिसावले बजेट आउने छ ।’

बैठकमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बजेट भनेको अर्थ राजनीतिक मिलाएर बनाउने हो । यो मिलाउन गाह्रो हुने भएकाले देशको सर्वपरी हितलाई हेरेर बजेट बनाउनु पर्नेमा उनको जोड थियो । पुपुलिष्ट बजेटभन्दा पनि बजेट निर्माण गर्दा संरचनागत सुधारमा ध्यान दिनुपर्ने उनले औल्याए । पकेटबाट झिकिने आयोजना रातो कितावमा पार्ने परिपाठी अन्त्य हुँदै जानुपर्छ,’ उनले भने ‘बजेटले कृषिको रुपान्तरणलाई बढी जोड दिनुपर्छ । कृषिपछि सेवा र उद्योगमा ध्यानदिनु पर्ने उनले बताए ।

बैठकमा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले प्रदेश र स्थानीय तहबीच स्रोत व्यवस्थापनमा ठूलो अन्तर हुँदा समस्या सिर्जना भएको बताए । बजेट विन्यास गर्दा यसमा ध्यान जानु आवश्यक छ,’ उनले भने ‘संघ, प्रदेश र स्थानीय तहले कार्यान्वयन गर्ने आयोजनहरूको स्पष्ट मापदण्ड हुनुपर्छ ।’ न्यून मूल्यमा ठेक्का दिने प्रक्रिलाले आयोजना निर्माणमा समस्या आएको सार्वजनिक खरिद ऐन संशोधन गर्नुपर्ने उनको भनाइ थियो।

‘जमिनमुनी र जमिनमाथिको आकाश कतिसम्म व्यक्तिको हुने स्पष्ट नीति सहितको बजेट आउनु पर्ने पाण्डले सुझाव दिए । उद्यमीहरूलाई एकद्वार प्रणालीबाट सेवा दिनु अत्यन्त आवश्यक छ,’ उनले भने ।

यस्तै पूर्व अर्थमन्त्री ज्ञानेन्द्र वहादुर कार्कीले विज्ञ अर्थमन्त्रीको ध्यान देशको सन्तुलित विकासमा जानु पर्ने बताए । बजेटमा अब समावेश हुने कार्यक्रम तथा आयोजनाले रोजगारी सिर्जना गर्न, गरिबी न्यूनीकरण गर्नुपर्ने उनको सुझाव छ ।
नागरिकबाट

प्रकाशित: २६ बैशाख २०७६ ०५:३९ बिहीबार

1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी