इन्डियन प्रिमियर लिग : बेङ्लोरले कोलकतालाई हरायो

इन्डियन प्रिमियर लिग : बेङ्लोरले कोलकतालाई हरायो


इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बेङ्लोर (आरसिबी) ले कोलकाता नाइड राइडर्स (केकेआर) लाई तीन विकेटले हराएको छ।

बुधबार कोलकाताले दिएको १२९ रनको लक्ष्य आरसिबीले १९ ओभर २ बलमा सात विकेट गुमाएर पूरा गर्‍याे। आरसिबीका सेरफेन रदरफोर्डले सर्वाधिक २८ रन बनाए। यस्तै, सहबाज अहमेदले २७ र डेविड विलेले १८ रन जोडे।

केकेआरका टिम साउदीले तीन विकेट लिँदा उमेश यादवले दुई र सुनिल नारिनले एक विकेट लिए।

त्यसअघि टस हारेपछि ब्याटिङमा निम्त्याइएको केकेआरले १८ ओभर ५ बलमा सबै विकेट गुमाउनुअघि १२८ रनको योगफल खडा गरेको थियो।

केकेआरका आन्द्रे रसेलले २५ रन बनाए। यस्तै, उमेश यादवले १८ रन जोड्दा साम विलिङ १४ रन बनाइ आउट भए।

केकेआरलाई सस्तैमा समेट्न आरसिबीका वनिन्दु हसरंगाले सर्वाधिक चार विकेट लिए। चार ओभर बलिङ गरेका हसरंगाले २० रन खर्चिए। यसबाहेक, आकाश दीपले तीन र हर्शल पटेलले एक विकेट लिए।

Logo