रुसी विदेशमन्त्री भारत भ्रमणमा

रुसी विदेशमन्त्री भारत भ्रमणमा


रुसी विदेशमन्त्री सर्गेइ लाभरोभ दुई दिने भ्रमणका लागि आज भारत आउँदै छन् । २४ फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण सुरु गरेयता रुसको तर्फबाट भारतमा हुन लागेको यो उच्चस्तरको पहिलो भ्रमण हो । रुसी विदेशमन्त्री सर्गेई ३१ मार्चदेखि १ अप्रीलसम्म भारतको औपचारिक भ्रमण रहनेछन् ।

रुसी विदेशमन्त्री लाभरोभको भ्रमणको क्रममा पेट्रोलियम पदार्थको आयातमा सहुलियत दिने विषयमा छलफल हुने अनुमान रहेको भारतीय विदेश मन्त्रालयको वेबसाइटमा उल्लेख गरेको छ । लाभरोभको भारत भ्रमणको क्रममा रुसबाट सहुलियतमा तेल खरिदको विषयमा केन्द्रित रहेर छलफल हुने भारतको सरकारी समाचार एजेन्सी पीटीआईले जनाएको छ ।

साथै सैन्य सहयोगका विषयमा पनि छलफल हुने बताइएको छ । रुस-युक्रेन द्वन्द्वमा भारत रुसको पक्षमा छ । रुसले युक्रेनमा आक्रमण सुरु गरेपछि विश्वबजारमै उर्जा संकट देखिएको छ । साथै इन्धनको मुल्य उच्च रुपमा वृछी भएको छ । 

Logo