संगीतकार सन्तोष श्रेष्ठकाे उपन्यास ‘फरैना’मा ‘हामी झुक्नु हुन्न’ (भिडियाे)

संगीतकार सन्तोष श्रेष्ठकाे उपन्यास ‘फरैना’मा ‘हामी झुक्नु हुन्न’ (भिडियाे)


गीतसंगीतमा क्रियाशिल लोकप्रिय संगीतकार सन्तोष श्रेष्ठले उपन्यास ‘फरैना’को प्रचारमा ‘हिमाल झुक्न सक्छ’ सार्वजनिक गरेका छन्।

छिट्टै बजारमा आउन लागेको उपन्यास ‘फरैना’को प्रचार प्रसार गर्ने उद्देश्यले गीत ‘हिमाल झुक्न सक्छ’ सार्वजनिक गरेकाे उनले बताएका छन् । यसमा सन्तोष श्रेष्ठकै शब्द, संगीत र स्वर रहेकाे छ । उक्त गीतको संगीत संयोजन राजु कार्कीले गरेका छन् भने गीतमा सहगायन दीपा तामाङ र सुष्मा लिम्बूकाे छ । 

गीतको भिडियो निर्देशन हेम प्रभास अधिकारीले गरेका छन् । राज पोखरेलको छायाँकन रहेको यस भिडियोको सम्पादन टेकेन्द्र शाहले गरेका हुन्। संगीतकार सन्तोष श्रेष्ठको एकल संगीतमा ५० भन्दा बढी एकल एल्बम बजारमा आइसकेका छन्।

 

Logo