११ कात्तिक २०७८ बिहीबार

0 Shares

इन्टरनेट र टिभी सेवा बन्द गर्ने व्यवसायीहरुको चेतावनी

काठमाडौं

इन्टरनेट तथा टिभी सेवा प्रदायक संघ, संस्थाहरुले नेपाल विद्युत प्राधिकरणले चर्को महशुल लगाएको भन्दै सेवा बन्द गर्ने चेतावनी दिएको छ । नेपाल विद्युत प्राधिकरणले तार राख्न प्रयोग गरेको खम्बाको भाडा समेत बढाएपछि आक्रोशित भएका इन्टरनेट तथा टिभी सेवा प्रदायक संघ, संस्थाहरुले शुक्रबार पत्रकार सम्मेलन गरी सेवा बन्द गर्ने अवस्था आएको जानकारी दिएको हो ।

पोलको भाडा बढाएसँगै सेवा बन्द गर्नु पर्ने अवस्था आएको इन्टरनेट तथा टिभी सेवा प्रदायक समन्वय समितिका संयोजक दिनेश सुवेदीले बताए । विद्युत प्राधिकरणले वृद्धि गरेको चर्को महशुल तिर्न नसक्ने बताउँदै आएका संस्थाहरुले आफ्ना सेवा बन्द गर्नु पर्ने अवस्था आएकोतर्फ सरकारको ध्यानाकर्षण गराएको हो ।

समितिका संयोजक सुवेदीले ३५ अर्ब बढी लगानी गरेका केवल टिभी संचालकहरुलाई मारमा पार्ने गरी सेवा शुल्क लिने काम गरेको भन्दै आपत्ति जनाए । प्राधिकरणले एकलौटी भाडा वृद्धि गरेकाले पुनरावलोकन गर्न प्रधानमन्त्री, अर्थमन्त्री र उर्जामन्त्रीलाई ज्ञापन पत्र बुझाउँदा पनि वेवास्ता गरिएको उनीहरुको गुनासो छ ।

सुवेदीले ५० रुपैयाँ तिर्नु पर्ने पोलको भाडादर १४ हजार ५ सय पुर्‍याउनुको कारण स्पष्ट पार्न सरकारलाई आग्रह गरे । नेपाल केवल टेलिभिजन महासंघ, इन्टरनेट सेवा प्रदायक संघ र डिश मिडिया नेटवर्क लिमिटेड आबद्ध रहेको समन्वय समितिले नेपाल विद्युत प्राधिकरणको निर्णयविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएको छ ।
नयाँ पत्रिकाबाट

प्रकाशित: २८ बैशाख २०७६ ०७:४१ शनिबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी