अन्तिम चरणमा २७ औं क्यान इन्फोटेक, १ रूपैयाँमै अवलोकन गर्न सकिने

अन्तिम चरणमा २७ औं क्यान इन्फोटेक, १ रूपैयाँमै अवलोकन गर्न सकिने


क्यान इन्फोटेकको तयारी अन्तिम चरणमा पुगेको छ। आगामी वैशाख ७ गतेदेखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा क्यान इन्फोटेककाे २७ औं संस्करण आयोजना हुँदैछ। 

क्यानका अध्यक्ष नवराज कुँवरका अनुशार यसअघि कोरोना महामारीका कारण २ पटक स्थगित भएको क्यान इन्फोटेकको तयारी अहिले भने अन्तिम चरणमा पुगेको हाे ।

महासंघले यस पटकको टिकटलाई पेपरलेस बनाउने जनाएको छ। यसपटक डिजिटल वालेट, आईएमई पे, मोबाइल एप प्रयोग गरेर १ रूपैयाँ तिरेर क्यान इन्फोटेक हेर्न सकिने जनाइएकाे छ। 
अनलाइनबाट टिकट नकाट्नेलाई कार्यक्रम स्थलमै टिकट काट्ने व्यवस्था मिलाइने छ। 

कोरोना महामारीले सूचना प्रविधिको महत्व बुझाएको र यस पटकको इन्फोटेकको शुल्क पनि १ रूपैयाँ रहेका कारण ४ लाख बढीले अवलोकन गर्ने कुँवर बताउँछन् । 

सूचना तथा संचार प्रविधि क्षेत्रमा विकास भएका नयाँ नयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका लागि सार्थक अन्तर्क्रिया गर्ने उद्देश्यले सन् १९९५ देखि क्यान इन्फोटेक वर्षेनी आयोजना हुँदै आएको छ।

यस पटककाे इन्फोटेकमा सफ्टवेयर, नेटवर्किङ र क्लाउड सोल्युशन, मोबाइल फोन तथा सोल्युशन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटि सोल्युशन, सोलार पावर सिष्टम, इन्भर्टर, युपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिण्टर, पावर सिष्टम, कम्प्युटर एक्सेसरिज आदि प्रर्दशनीमा रहने छन् ।

२७ औं  संस्करणको क्यान इन्फोटेकको शीर्ष प्रायोजक आईएमई पे र सह प्रायोजन स्मार्टच्वाइस टेक्नोलोजिज (एससिटी स्मार्ट क्यूआर) रहेका छन्।

Skip This
Logo