२ जेठ २०७९ सोमबार
1
1
1
1

कन्काईमाइ पुलमा शंकास्पद वस्तु फेला परेपछि राजमार्ग अवरुद्ध

1
1
1
1
1
1

झापा,

कन्काई नदीको पुलमा बम जस्तो देखिने शंकास्पद वस्तु फेला परेको छ । पूर्व–पश्चिम राजमार्गमा पर्ने पुलमाथि शंकास्पद बस्तु फेला परेपछि आइतबार बिहानैदेखि राजमार्ग अवरुद्ध भएको छ ।

राजमार्ग अवरुद्ध हुँदा सयौंको संख्यामा यातायातका सवारीसाधन रोकिएका छन् । कन्काईमाइ नगरपालिका–२ स्थित कनकाई पुलको दायाँतर्फ तारले बेरिएको कुकर भेटिएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

मर्निङवाकमा निस्किएका मानिसले पुलमा शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । शंकास्पद वस्तुलाई प्रहरीले घेरा हालेर राखेको छ ।

प्रकाशित: २९ बैशाख २०७६ ०८:२२ आइतबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी