एनसेल आजियाटाले ल्यायो आकर्षक ‘ननस्टप’ अफरहरु

एनसेल आजियाटाले ल्यायो आकर्षक ‘ननस्टप’ अफरहरु


काठमाडौं ।

एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड) ले आफ्ना फोरजी ग्राहकका लागि आकर्षक योजना ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकले युट्युब, टिकटक र फेसबुकको नन्स्टप मजा लिनुका साथै बोनस डेटाको फाइदा लिन सक्नेछन् । कम्पनीले आफ्नो हाल संचालनमा रहेको नन्स्टप युट्युब प्लस अफरमा थप विकल्प प्रदान गर्दै अफरहरु ल्याएको हो ।

‘प्लस’ थिम अन्तर्गत ल्याइएका यी ननस्टप अफरहरु गत बिहीबारदेखि संचालनमा आएका छन् । ‘प्लस’थिमले नवीन र विशेष सेवाहरुको साथ ग्राहकलाई हरेक पल जहाँ भए पनि सेवामा पहुँच सुनिश्चित गराउने उद्देश्य लिएको छ ।

यस आकर्षक योजनामा ग्राहकले आफूलाई मन पर्ने सामाजिक सञ्जालको प्याक सुचारु गरे पछि त्यस प्याकको समयसिमा बाँकी भए सम्म नन्स्टप मजा लिन सक्नेछन् । जस्तै यदि कुनै ग्राहकले ७ दिनको नन्स्टप टिकटक प्याक रु १०० (कर सहित रु १२७.६९) मा सुचारु गरेमा ग्राहकले एक हप्ताभरी टिकटकको नन्स्टप मजा लिन सक्नेछन् । यति मात्र नभई, यो प्याक लिने ग्राहकले अन्य प्रयोजनका लागि इन्टरनेट चलाउन थप ४ जीबी डेटा बोनस स्वरुपप्राप्त गर्नेछन् ।

युट्युबमा रहेका सामग्रीहरु मात्र हेर्न रुचाउने ग्राहकका लागि नन्स्टप युट्युब प्याक पनि रहेको छ । ग्राहकले आफ्नो आवश्यकता अनुसार मात्र रु २५ (कर सहित ३१.९२) मा १ दिनको समयसिमा रहेको यो प्याक सुचारु गर्न सक्छन् । त्यस्तै ग्राहकले ४ जीबी बोनस डेटासहितको ७ दिनको समयसिमा रहेको युट्युब वा फेसबुकको कम्बो प्याकमात्र रु १५० (कर सहित रु १९१.५४) मा सुचारु गर्न सक्छन् । साथै ग्राहकले ३० दिनको समयावधि रहेको ६ जीबी बोनस डेटासहितको नन्स्टप युट्युब प्याक रु ३६० (कर सहित ४५९.६८) मा खरिद गर्न सक्छन् । बोनस डेटा ग्राहकले अन्य कुनै प्रयोजनका लागि प्रयोग गर्न सक्छन् ।

७ दिनवा ३० दिनको नन्स्टप प्याक खरिद गर्नु हुने ग्राहकका लागि विशेष थप योजना पनि रहेको छ । ग्राहकले उल्लेखित ननस्टप प्याक सुचारु गरेपछि हरेक दिन ५०० एमबीको दरले ७ दिनसम्म मात्र रु २० (कर सहितमात्र २५.५४) मा ३५०० एमबिथप डेटाको लिन सक्नेछन् । उक्त डेटा ग्राहकले फेसबुक, टिकटक वा युट्युब चलाउनको लागि प्रयोग गर्न सक्छन् ।

Logo