1
1
1
1
1

0 Shares

सुनाकोठी–चापागाउँ–लेले सडक ६ दिनदेखि ठप्प

1
1
1
1
1
1

काठमाडौं,

ठेक्का सम्झौता भएको दुई वर्षसम्म पनि ढोलाहिटी–सुनाकोठी–चापागाउँ–लेले तिरेश्वर हुँदै सरस्वती कुण्ड जोड्ने (१३.०१ किलोमिटर) सडक निर्माण नभएपछि स्थानीयवासी ६ दिनदेखि आन्दोलित बनेका छन् ।

स्थानीयले सुनाकोठीदेखि चापागाउँ हुँदै चल्ने सवारीसाधनमा रोक लगाएका छन् भने गौँडा–गौँडामा बाँस, फलामको रड, काठ र मूढा तेस्र्याएर धर्ना दिएका छन् ।

चापागाउँ, सुनाकोठी, ठेचोका बासिन्दाले घाम लाग्दा धुलो र पानी पर्दा हिलोले आजित बनेपछि आन्दोलनमा उत्रिएको बताएका छन् । ६ दिनदेखि लगातार आन्दोलन भए पनि स्थानीयको माग सुनुवाइ गर्ने विषयमा कुनै निकायले चासो दिएको छैन । धर्नास्थलमा भेटिएका गोदावरी–१२ ठेचोका अनुपकुमार महर्जनका अनुसार धुवाँ र धुलोले आजित भएपछि आन्दोलनमा उत्रिएको बताए ।

उनले भने, ‘सडक निर्माण सुरु भएको दुई वर्ष बित्यो । तर अहिलेसम्म १० प्रतिशत काम भएको छैन । सडक भत्किएका छन् । ढल फुटेका छन् । नाली भरिएका छन् । घाम चर्किंदा धुलो उड्छ । पानी पर्दा हिलो हुन्छ । प्रदूषणले आजित भइयो । यसबाट मुक्ति पाउन आन्दोलनमा उत्रिएका हौँ ।’

सडक निर्माणको ठेक्का सम्झौता २५ जेठ ०७३ मा भएको थियो । सम्झौता अनुसार निर्माण व्यवसायीले काम गरेको भए पुस ०७५ भित्रै सकिन्थ्यो । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाको तथ्यांकअनुसार सडक निर्माणको १० प्रतिशत काम पनि सम्पन्न हुन सकेको छैन ।
नयाँ पत्रिकाबाट

प्रकाशित: २ जेठ २०७६ ०६:४२ बिहीबार

1
1
1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी