नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस

नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस


नेपाल प्रहरीका चार जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को प्रहरी नायब महानिरीक्षक (डिआइजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ। 

प्रहरीको बढुवा सिफारिस समितिको बुधबार बसेको बैठकले एसएसपी नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य, राजेन्द्रप्रसाद चौधरी र साउद अलाम खाँलाई डिआइजीमा बढुवाका लागि सिफारिस गरिएको हो।

प्रहरी नियमावली, २०७१ (संशोधनसहित)को नियम २७ को उपनियम ४ अनुसार चार एसएसपीलाई डिआइजीमा बढुवाका लागि सिफारिस गरिएको बढुवा समितिका सदस्य सचिव एवं प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए। 

Logo