आज कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक बस्दै

आज कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक बस्दै


सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक आज बस्दैछ। दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने जनाइएको छ।

बैठकमा उम्मेदवार सिफारिस, छनोट तथा गठबन्धनको साझा उम्मेदवारलाई कसरी जिताउनेलगायत विषयमा छलफल हुनेछ। कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले पार्टीका सात जना सहमहामन्त्रीलाई प्रदेशमा पठाउने निणर्य यसअघि नै गरिसकेको छ।

बैठकले नगरपालिका र गाउँपालिकाका उम्मेद्वारको टुङ्गो लगाउन वैशाख ३ गते (भोलि) सहमहामन्त्रीहरूलाई सातवटै प्रदेशमा पठाउने निर्णय गरेको थियो। उनीहरूले प्रदेशमा उम्मेदवारको टुङ्गो लगाउने प्रयास गर्नेछन्। उम्मेदवार प्रदेशबाट टुङ्गो नलागे उनीहरूले वैशाख ९ गते साँझसम्म केन्द्रमा पठाउने छन्। वैशाख १० गते बिहानसम्म केन्द्रले टुङ्गो लगाउने छ।

Logo