आज २६ औं मदन आश्रित स्मृति दिवस।
तत्कालिन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको ०५० साल आजकै दिन दासढुङ्गामा भएको जीप दुर्घटनामा निधन भएको थियो । सो दिनको सम्झनामा नेकपाले आज स्मृति दिवस मनाउदै छ ।
त्यतिबेला पोखरामा हुने सभालाई सम्बोधन गर्न जाँदै गर्दा नेता द्वय चितवनको कविलासस्थित दासढुंगामा दुर्घटनामा परेका थिए । दुर्घटनामा भण्डारी र आश्रितको मृत्यु भए पनि जिप चालक अमर लामा भने जिवित थिए । लामाको २०६० सालमा हत्या भएपछि त्यो घटनाको यथार्थ अहिलेसम्म पत्ता लगाउन सकिएको छैन । मदन आश्रितको घटनाको छानबिन नभएको भन्दै तत्कालीन एमालेभित्र आलोचना हुने गरेको थियो ।
नेता मदन भण्डारीका समकालीन नेता प्रदिप नेपालसँग हामीले यस बारेमा कुराकानी गरेका छौ ।
मदन आश्रित स्मृति दिवसका अवसरमा हामीले यो सामाग्री पुन प्रकाशन गरेका हौ।
प्रकाशित: ३ जेठ २०७६ ०९:२१ शुक्रबार