कलाकारहरुप्रति सम्मान र उनीहरुको भविष्यका लागि राज्यले प्रभावकारी काम गर्नुपर्छ : उपराष्ट्रपति पुन

कलाकारहरुप्रति सम्मान र उनीहरुको भविष्यका लागि राज्यले प्रभावकारी काम गर्नुपर्छ : उपराष्ट्रपति पुन


उपराष्ट्रपति नन्दबहादुर पुनले ललितकला क्षेत्रको समग्र विकासको कामलाई राज्यले अझै प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिएका छन् । 

शुक्रबारबाट काठमाडौंमा सुरु भएको राष्ट्रिय ललितकला प्रर्दशनीको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले ललितकला क्षेत्रको समग्र विकास, त्यसका कलाकारहरुप्रति सम्मान र उनीहरुको भविष्यका लागि राज्यले अझै प्रभावकारी ढंगले काम अघि बढाउनुपर्ने बताउनु बताएका हुन् । 

उनले विश्वमा नेपाल र नेपालीको गौरवलाई बचाई राख्न पनि ललितकलाको माध्यामबाट योगदानहरु पु¥याउँदै जानुपर्ने आवश्यक्ता पनि बोध गराए । 

अरनिकोलगायतका ललितकलाका पुञ्जहरुले आफ्नो कलाको माध्यामबाट विश्वसामू नेपाललाई परिचित गराएको स्मरण गराउँदै उपराष्ट्रपति पुनले भविष्यमा पनि नेपालको पहिचानमा ललितकलाको भूमिका महत्वपूर्ण रहिरहने स्पष्ट पारे । 

उनले भने, ‘ललितकला क्षेत्रले विविध समस्या झेलिरहेको छ । र चुनौतिहरुको सामना पनि गरिरहेको छ । ललितकलाका कलाकारहरुले यही क्षेत्रमा भविष्यदेखि समर्पित हुनेमा पनि चुनौतिहरु छन । र भईरहेका कलाकारहरुलाई पनि यस क्षेत्रमा टिकाउनका लागि पनि पक्कै पनि चुनौतिहरु छन । ललितकलाको समग्र विकास, ललितकलाका कलाकारहरुप्रति सम्मान र भविष्यका लागि राज्यले आफ्नो कामलाई अझै प्रभावकारी बनाउँदै लैजानुपर्दछ । र, यसमा ललितकला प्रज्ञा प्रतिष्ठानले आफ्नो कामलाई अझै अघि बढाउनेछ छ भन्ने विश्वास पनि मैले लिएको छु । अर्कोतर्फ कला भनेको एउटा साधना हो । कलाकारले साधना बनाउँदै धैर्यतापूर्वक यस क्षेत्रमा रहनु पर्दछ । ललितकलाप्रति मेरो पनि गहिरो रुचि छ । म यस क्षेत्रमा रुचि भएको नाताले पनि यस क्षेत्रमा भएका समस्या र चुनौतिहरु देख्न सक्छु । र, व्यक्तिगत जीवन पनि यस क्षेत्रमा लागेकाहरुको राम्रो हुन सकिरहेको छैन । तर, यो क्षेत्रलाई हामीले ध्यान दिनै पर्दछ । किनकी, ललितकला नेपालको चिनारी र नेपालको एउटा गौरव हो । नेपाल र नेपालीको गौरव विश्व जगतमा बचाईराख्न पनि हामीले ललितकलाको माध्यामबाट योगदानहरु पु¥याउनै पर्दछ ।’

उपराष्ट्रपति पुनले ललितकला प्रज्ञा प्रतिष्ठानलाई पनि ललितकलाका कलाकारहरुको समस्या र चुनौतिहरुलाई समाधान गर्दै अघि बढ्नका लागि आग्रह समेत गरे । 

 

Logo