जनकपुर उपमहानगरपालिका जसपाको भागमा परेपछि कांग्रेसमा असन्तुष्टि

जनकपुर उपमहानगरपालिका जसपाको भागमा परेपछि कांग्रेसमा असन्तुष्टि


पाँच दलीय गठबन्धनबीच तालमेलको क्रममा भागबन्डा गर्दा जनकपुर उपमहानगरपालिका जनता समाजवादी पार्टी (जसपा)लाई परेपछि कांग्रेसमा असन्तुष्टि बढेको छ । असन्तुष्टमध्येका जनकपुर उपमहानगरपालिका कांग्रेस सभापति मनोजकुमार साहले पदबाट राजीनामा दिएका छन् ।

उनले उपमहानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा पनि गरे । उनले न्युज कारखानासँग भने , पार्टीले गठबन्धनका दलहरूबीच तालमेलको नाममा भागबन्डा गर्दा जसपालाई मेयर दिने गरि जुन निर्णय गर्‍यो सरासर गलत छ । र, पार्टी नेतृत्वलाई बारम्बार ध्यानाकर्षण गराउँदा सम्बोधन नभएपछि पार्टी जिल्लाको निर्णयअनुसार स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेको हुँ ।झ पार्टीको गलत निर्णयलाई समर्थन गर्न नसक्ने भएरै पदबाट राजीनामा दिएको स्पष्ट पारे । उनले ३० वैशाखमा हुने निर्वाचनबाट विजयी  हुने दाबी पनि गरे ।

Logo