गठबन्धन दलको रसुवामा छुट्टाछुट्टै उम्मेदवारी दर्ता

गठबन्धन दलको रसुवामा छुट्टाछुट्टै उम्मेदवारी दर्ता


रसुवामा सत्तारुढ गठबन्धन आवद्ध दलले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गरेका छन् । सोमबार दिउँसोसम्म पनि सहमतिको प्रयास भएकोमा सहमति नभएपछि सबै दलले आआफ्नो उम्मेदवारी दर्ता गराएका छन् । 

नेकपा माओवादी केन्द्रले सोमबार अपरान्ह ४ बजेपछि उम्मेदवारी दर्ता गराएको जनाएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीबीच गठबन्धन गरी चुनाव लड्ने तयारी भएको थियो ।

नेकपा माओवादी केन्द्रका संयोजक मेघनाथ घिमिरेले गठबन्धन टुटेसँगै उम्मेदवारी दर्ता गरिएको बताए । जिल्लामा अहिले उम्मेदवारी दर्ताको काम भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बैशाख ३० गते हुने स्थानीय चुनावका लागि रसुवामा १७ दलले भाग लिँदै छन् । पाँचवटा गाउँपालिका रहेको रसुवामा २७ वटा वडा रहेका छन् ।
 

Logo