कर्णालीमा २८ सङ्क्रमित थपिए, कूल सङ्क्रमितको सङ्ख्या २,७१९ पुग्यो

कर्णालीमा २८ सङ्क्रमित थपिए, कूल सङ्क्रमितको सङ्ख्या २,७१९ पुग्यो


सुर्खेत ।

यस प्रदेशमा कोभिड १९ का २८ सङ्क्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयद्वारा सार्वजनिक गरिएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा २८ जना गरेर अहिलेसम्मको सङ्क्रमितको सङ्ख्या दुई हजार ७१९ पुगेको छ ।

कर्णालीका विभिन्न स्थानमा गरिएको परीक्षणमा थपिने सङ्क्रमितहरू सुर्खेतको वीरेन्द्रनगरका १७ जना, रूकुम पश्चिम चार जना तथा सल्यान र दैलेखका दुई/दुई जना रहेका छन् । त्यस्तै जाजरकोट, मुगु र चितवनका एक/एक जना सङ्क्रमित रहेका मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कर्णालीमा कोरोना जितेर डिस्चार्ज हुनेहरूको सङ्ख्या १४ जना रहेको भने प्रदेशभर कुल डिस्चार्ज हुने दुई हजार ३५४ जना रहेका छन् । प्रदेशभर सक्रिय सङ्क्रमित ३५९ जना रहेका छन् । हालसम्म कर्णाली प्रदेशमा कोरोना सङ्क्रमणका कारण छ जनाको ज्यान गइसकेको छ ।

Logo