1

0 Shares

सरकारले रोजगार सूचना प्रणाली स्थापना गर्ने

1
1
1

काठमाडौं । सरकारले ‘रोजगार सूचना प्रणाली’ स्थापना गर्ने तयारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले हरेक नागरिकलाई रोजगारसम्बन्धि सबै जानकारी सहज ढंगले उपलब्ध गराउने उद्देश्यका साथ सरकारले रोजगार सूचना प्रणाली स्थापना गर्ने तयारी गरेको जानकारी दिए ।

प्रधानमन्त्री रोजगार कार्यक्रम प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रमलाई शुक्रबार काठमाडौंमा उद्घाटन गर्दै उनले सो सूचना प्रणालीमा शिक्षा, सेवा, औद्योगिक उत्पादन, अस्पताललगायतका क्षेत्रमा रोजगारीको अवसर कति छ ? भन्ने तथ्यांक समेत समावेश गरिने बताए ।

मन्त्री विष्टले बेरोजगारलाई निर्वाह भत्ता दिने नीतिगत निर्णय गरेपछि सरकारले त्यसलाई कार्यान्वयनमा लैजान सूचना प्रणालीको पनि विकास गर्न लागिएको बताए ।

मन्त्री विष्टले रोजगारीको अवसर नपाएकाहरुलाई जीवन निर्वाहका लागि बेरोजगार भत्ता दिने निर्णय गर्नु परेको पनि बताए । उनले गरिव जनतालाई लक्षित गरेर प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी ढंगले अघि बढाउन प्रदेश र स्थानीय तहलाई पनि आग्रह गरे ।

प्रकाशित: १० जेठ २०७६ १९:३४ शुक्रबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी