चुनावकाे मुखैमा नारद खतिवडाले भने, ‘जितियो भने लुटिन्छ, हारियो भने कुटिन्छ…’ (भिडियाे)

चुनावकाे मुखैमा नारद खतिवडाले भने, ‘जितियो भने लुटिन्छ, हारियो भने कुटिन्छ…’ (भिडियाे)


स्थानीय तहको निर्वाचन मुखैमा आउन  लाग्दा  विभिन्न पार्टीहरू चुनावी प्रचारमा छन्। यही माैकामा गायक, हास्य कलाकार नारद खतिवडाले भने व्यंग्य कसेका छन् ।

उनले गीतका माध्यमबाट राजनीतिप्रति व्यंग्य कसेका हुन् । खतिवडाले ‘जितियो भने लुटिन्छ, हारियो भने कुटिन्छ’ बाेलकाे गीत सार्वजनिक गरेका हुन् ।

गीतमा कलाकार खतिवडाले निर्वाचनमा जित्नेहरुले लुट्ने यथार्थलाई चित्रण गर्नुका साथै निर्वाचनमा हार्नेहरु कसरी द्वन्द्वमै उत्रिन सक्छन् भन्ने कुराको समेत अनुमान गरेका छन् । गीत तथा भिडियो तयार पार्न कलाकार खतिवडालाई अर्का लोकप्रिय कलाकार प्रकाश ओझाले सहयाेग गरेका छन् ।

यो गीतमा खतिवडाको स्वर र शब्द रचना छ। प्रकाश ओझाले गीतलाई संगीतबद्ध गरेका छन् । डम्बर लिम्बु यसका संगीत संयोजक हुन् ।

‘पद्धति होइन, प्रवृत्तिलाई निर्मलीकरण गर्ने, समग्र निर्वाचन विधि र प्रकृयालाई प्रदषणरहित गर्ने सकारात्मक अभिप्रायका साथ जब्बर जनआवाज लिएर पेश हुन हामी बाध्य भएका हौं, कलाकार खतिवडाले आफ्नो गीतको भिडियोको सुरूवातमा भनेका छन् ।

कलाकार खतिवडाले आफ्नै यूट्युब च्यालनमार्फत सार्वजनिक गरेको उक्त गीतको भिडियोमा उनले सांकेतिकरुपमा खान्ते पिन्ते पार्टी, माल पायो चाल पाएन पार्टी, उत्पादत जनविश्वास पार्टी, देश निर्माण दल बदल पार्टी भन्दै केही मुख्य राजनीतिक दलहरुको चरित्रलाई चित्रण गरेका छन्।

गीतमा पैसा खर्च गरेर, जाँडरक्सी खुवाएरमात्र निर्वाचन जित्न सकिँदैन भन्ने यथार्थतालाई प्रभावकारी ढंगले प्रस्तुत गरिएको छ।

भिडियोमा खतिवडा तथा ओझाका साथै महेन्द्र महतो, क्याप्टेन चन्द्रदेव श्रेष्ठ, राज गजमेर, सरस्वती राजभण्डारी, रचना राजभण्डारी, भरत लामा, सीता तामाङ, रञ्जना श्रेष्ठ, सोहन वैद्य, अभिषेक नगरकोटी, उषा बिडारी, विकास गिरी, प्रिया दोङ, शिल्पा श्रेष्ठ, सुन्दर वर्देवा, मदन दोङ, सूर्यबहादुर दोङ, बलराम श्रेष्ठ, जित ब.वर्देवा आदि कलाकारकाे अभिनय रहेकाे छ।

 

Logo