1
1
1
1

0 Shares

रिचा शर्मा वर्ल्ड बुक अफ रेकर्डबाट सम्मानित

1
1
1
1
1
1

अभिनेत्री रिचा शर्मा सम्मानित भएकी छिन् । हालै वर्ल्ड बुक अफ रेकर्डसले नेपाली फिल्म उद्योगको प्रोत्साहनमा योगदान दिएको भन्दै अभिनेत्री शर्मालाई सम्मानित गरेको हो ।

उनले सामाजिक सञ्जाल फेसबुक र इन्स्ट्राग्राममा सम्मानको प्रमाणपत्र सेयर गरेकी छन् । उनलाई थुप्रै प्रशंसकहरुले बधाई तथा शुभकामना दिएका छन् ।
नेपाली फिल्ममा जीवनको एक दशक विताएकी रिचा भर्सटायल एक्टे«सको रुपमा परिचित छन् । मोडलिङ, भिजे हुँदै चलचित्र क्षेत्रमा प्रवेश गरेकी रिचालाई बौद्धिक कलाकारको रुपमा पनि चिनिन्छिन् । उनी अभिनित फिल्म ‘लूट’ ब्लक बस्टर भएको थियो । फस्ट लभ उनको डेब्यु चलचित्र हो । मेरो लभ स्टोरी, भिसा गर्ल, हाइवे लगायतका चलचित्रमा काम गरिसकेकी छिन् ।

वर्ल्ड बुक अफ रेकर्डसले विश्वव्यापी रुपमा वैज्ञानिक आधारमा रेकर्डहरु प्रमाणिकरण गर्ने अन्तर्राष्ट्रिय संस्था हो । यस संस्थाले बेलायत, अस्टेलिया, भारत, अमेरिका, मरिसियसमा कानुनी रुपमा दर्ता भएर आफ्नो गतिविधिहरु सञ्चालन गर्दै आएको छ । आधिकारिक प्रतिनिधिको मार्फत विश्वव्यापी रुपमा वर्ल्ड बुक अफ रेकर्डले ऐतिहासिक सम्पदा, मठमन्दिर र सामाजिक, आर्थिक, साँस्किृतिक, सांगितिक, लगायतका क्षेत्रमा उल्लेख्य योगदान पुर्याएका व्यक्ति तथा संस्थालाई सम्मानित गर्छ ।

प्रकाशित: १२ जेठ २०७६ १२:२५ आइतबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी