३ कात्तिक २०७८ बुधबार

0 Shares

देशैभर रासायनिक मल अभाव

काठमाडौं,

धानबाली रोप्ने बेलामा देशैभर रासायनिक मल अभाव भएको छ । मल अभाव भएपछि किसान समस्यामा परेका छन् । धान रोप्ने बेलामा तथा रोपाइँ सकिएको १५ देखि २० दिनमा धानखेतीलाई मल चाहिन्छ । तर, यसै बेला देशभरि नै मल पाइन छाडेको छ ।

मल बिक्री गर्दै आएको कृषि सामग्री कम्पनीले समयमा आयात गर्न नसक्दा किसान समस्यामा परेका हुन् । नेपाल मलमा पूर्णतः परनिर्भर छ । चाहिएको बेला कम्पनीले नल्याइदिने परम्परा यसपालि पनि दोहोरिएको छ ।

‘धानबालीलाई मल अभाव हुन नदिनका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अर्थ मन्त्रालयसँग थप ३ अर्ब रुपैयाँ बजेट माग गरेको थियो । तर, अर्थ मन्त्रालयले एक साताअघि मात्र बजेट निकासा गरेको हुँदा समयमा मल ल्याउन नसकिने कृषि मन्त्रालयले जनाएको छ ।

कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले यस वर्ष धानबाली रोप्ने समयमा किसानले मलको समस्या भोग्नुपर्ने अवस्था देखिए पनि यसको समाधान गर्ने बताए । उनले भने, ‘तत्काल समस्या समाधान गर्न कृषि सामग्री कम्पनीलाई निर्देशन दिइसकेका छौं । मलको अभाव हुन दिन्नौं । वैकल्पिक उपाय लगाएर पनि आपूर्ति गर्छौं ।’

मन्त्री खनालले आगामी दिनमा मलको अभाव हुन नदिन यसको भण्डार क्षमता विस्तार गर्ने योजना मन्त्रालयले अगाडि सारेको बताए ।
राजधानीबाट

प्रकाशित: १३ जेठ २०७६ ०८:५५ सोमबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी