विप्लव नेतृत्व नेकपाका केन्द्रिय सदस्य चलाउने र लोहनी निलम्वनमा

विप्लव नेतृत्व नेकपाका केन्द्रिय सदस्य चलाउने र लोहनी निलम्वनमा


नेत्रविक्रम चन्द (विप्लव)ले पार्टीका केन्द्रीय सदस्यद्वय दीपक चलाउने र गुणराज लोहनीलाई निलम्बन गरेका छन् ।

स्थानीय चुनावलाई प्रयोग गर्ने नीतिविरुद्ध अफवाह फैलाएको  आरोप लगाई  विप्लवले चलाउने र लोहनीलाई जिम्मेवारीबाट मुक्त गरी निलम्बन गरिएको जनाइएको छ। केन्द्रीय समितिको सचिवालयलको बैठकको निर्णयबाट उनीहरुलाई निलम्बन गरेको प्रवक्ता खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड)ले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसअघि विप्लवले धर्मेन्द्र बास्तोला (कञ्चन) र हेमन्त प्रकाश ओली (सुदर्शन) लाई पनि पार्टीबाट हटाएका थिए । त्यसपछि चितवनमा बुधबार बसेको बास्तोला र ओली पक्षका नेताहरुको बैठकले महासचिव विप्लव र प्रवक्ता प्रकाण्डलाई नै कारबाहीको निर्णय गरेको थियो ।यस्तो निर्णय आएलगत्तै पार्टीले चलाउने र लोहनीलाई कारवाही गरेको जनाएको हो । 

Logo