प्रतितोला ६ सय रुपैयाँले घट्यो सुनको मूल्य

प्रतितोला ६ सय रुपैयाँले घट्यो सुनको मूल्य


नेपाली बजारमा सुनको मूल्य शुक्रबार (आज) घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो प्रतितोला ९८ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज प्रतितोला ६ सय रुपैयाँले घटेर ९८ हजार रुपैयाँ कायम भएको छ । तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय रुपैयाँ कायम भएको छ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो प्रतितोला १ हजार ३०५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज २५ रुपैयाँले घटेर प्रतितोला १ हजार २८० रुपैयाँ कायम भएको छ।        

Logo