२० असार २०७९ सोमबार
1
1
1
1

0 Shares

एक कल फोन गर्न टावर खोज्दै तीन घण्टा पैदल

1
1
1
1

जाजरकोट,

जिल्लाको जुनीचाँदे गाउँपालिकाका स्थानीयलाई एक कल फोन गर्न टावर खोज्दै तीन घण्टा पैदल हिड्नुपर्ने बाध्यता छ । कुनै पनि फोनका नेटवर्कले काम नगर्ने भएपछि स्थानीय टावर खोज्दै तीन घण्टा हिँडेर डाँडामा पुग्ने गरेका हुन् । मजकोटको नेपाल टेलिकमको टावर एक वर्षदेखि बिग्रिएको छ ।

टावर नहुँदा गाउँपालिकाका ९ वटै वडा सञ्चारबिहीन छन् । फोन गर्नुपर्दा तीन घण्टा पैदल उकालो हिँडेर डाँडामा पुग्ने गरेको मैनापाखाका स्थानीय नरबहादुर बस्नेतले जानकारी दिए । स्थानीय जनप्रतिनिधिसहित सरोकारवाला निकायबीच बारम्बार छलफल भएपनि टावर मर्मत सुरु नभएको अर्का स्थानीय मनरुपा नेपालीले बताइन् ।

‘फोनको टावर बिग्रिएको ११ महिना भयो । फोन गर्नु पर्दा रातसाँझ नभनी डाँडामा पुग्नुपर्छ’, उनले भनिन् । निर्वाचनका बेला उच्चस्तरको इन्टरनेट सुविधा पु¥याउने प्रतिबद्धता गरेका जनप्रतिनिधिले एक वर्षदेखि बिग्रेको टावर बनाउन पहल नगरेको उनको गुनासो छ ।

जुनीचाँदे गाउँपालिका अध्यक्ष कृष्णबहादुर केसीले नेपाल टेलिकम र प्रशासनमा पटक–पटक टावर मर्मतका लागि आग्रह गर्दा पनि सुनुवाइ नभएको बताए । ‘गाउँसभा बैठकमै यो विषयलाई गम्भीर रूपमा उठाएको छु’, उनले भने ।
अन्नपूर्णबाट

प्रकाशित: १५ जेठ २०७६ ०८:०३ बुधबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी