धनगढीका लागि उडेको श्री एयरलाइन्सको इन्जिन फेल

धनगढीका लागि उडेको श्री एयरलाइन्सको इन्जिन फेल


काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण गरिएको छ । ८७ जना यात्रु बोकेर बुधवार धनगढीका लागि उडेको विमानको एक इन्जिन फेल भएपछि काठमाडौंमा आकस्मिक अवतरण गरिएको हो । 

विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार १२ः०८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको हो । आकस्मिक अवतरण गराइएको जहाजका सबै यात्रु सुरक्षित रहेको उनले बताए ।

सुरक्षित अवतरण गरिएको जहाजको प्राविधिक जाँच गरिने उनको भनाइ छ । उक्त विमानलाई आकस्मिक अवतरण गर्न लागिएपछि अन्य विमान आकाशमै होल्डमा राखिएको थियो । 

Logo