सर्लाहीको धनकौलमा झडप, एक दर्जन बढि हवाई फाएर, मतदान प्रभावित

सर्लाहीको धनकौलमा झडप, एक दर्जन बढि हवाई फाएर, मतदान प्रभावित


स्थानीय तह निर्वाचन अन्तर्गत सर्लाहीको धनकौल गाउँपालिकामा राजनैतिक दलका नेता कार्यकर्ताबीच झडप भएको छ ।

धनकौल गाउँपालिका-२, पशु सेवा केन्द्र मतदान स्थलमा झडपले उग्र रुप लिएपछि स्थिती नियन्त्रणमा लिन सुरक्षाकर्मीले एक दर्जन बढी हवाई फायर गरेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच विवाद तथा झडप भएपछि स्थिती नियन्त्रणमा लिन गोली चलाउनु परेको प्रमुख जिल्ला अधिकारी  गौतमले बताए । 

कार्यकर्ताहरूबीच ढुंगा हानाहान समेत भएको छ । विवाद भएको ठाउँमा स्थिती नियन्त्रणमा लिन नेपाली सेनाका सुरक्षाकर्मी समेत खटाइएको छ । त्यहाँ हाल मतदान कार्य अवरुद्ध भएको छ । त्यस्तै बलरा नगरपालिका-१, हथियौल स्थित मतदान स्थलमा पनि विवादका कारण मतदान कार्य अवरुद्ध भएको प्रहरी उपरीक्षक प्रवीण पोखरेलले जानकारी दिए । 

त्यस्तै, कौडेना गाउँपालिका-६ श्री जनता आधारभूत मतदान स्थलमा समेत नेपाली कांग्रेस, लोसपा र जसपाका कार्यकर्ताबीच विवाद हुँदा झण्डै १ घण्टा अवरुद्ध भएको मतदान कार्य केहीबेर अगाडिबाट सूचारु भएको छ ।
 

Logo