दाङ र डोटीमा भएको सवारी दुर्घटनामा २४ जना घाइते

दाङ र डोटीमा भएको सवारी दुर्घटनामा २४ जना घाइते


दाङ र डोटीमा भएको सवारी दुर्घटनामा २४ जना घाइते भएका छन् । दाङको तुलसीपुर उपमहानगरपालिका–४ राना गाउँमा ना अ प फा ९४१  नम्बरको एम्बुलेन्स र बा ८ च ६९२५ नम्बरको बलेरो बिहीबार ठोक्किँदा १० जना घाइत भएका छन् । 

बलेरोमा सवार ३  जना र एम्बुलेन्समा सवार ७ जना घाइते भएको प्रहरीले जनाएको छ । बलेरोमा सवार सोही उपमहानगरपलिका–८ बस्ने ५७ वर्षीय टेक बहादुर बस्नेत र एम्बुलेन्स चालक रुकुम पश्चिम बाफीकोट गाउँपालिका–२ बस्ने ३२ वर्षीय कलीभान खत्री समेत १० जनाको राप्ती प्रादेशिक अस्पताल दाङमा उपचार भइरहेको छ । घाइतेमध्ये ५ जनाको अवस्था मध्यम र अन्यको सामान्य रहेको छ । यस्तै, डोटीको शिखर नगरपालिका-४ धुरकोटस्थित सडकमा ना१ ज ३१५२ नम्बरको जिप बिहीबार साँझ दुर्घटना हुँदा जिप चालक समेत १४ जना घाइते भएका छन् । 

घाइतेहरुलाई उपचारको लागि शैलेश्वरी अस्पताल दिपायल पठाइएको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर र अन्यको सामान्य रहेको छ । 

Logo