अन्य

दरवार हत्याकाण्ड बारे के भन्छन् सर्वसाधारण ? (भिडियोमा)

15 Shares

वि.सं.२०५८ साल ज्येष्ठ १९ गते शुक्रबार नारायणहिटी दरबार हत्याकाण्ड भएको थियो। हत्याकाण्डमा तत्कालिन राजा वीरेन्द्र शाहको वंश नै नाश भएको थियो ।

यस अवधिमा दरबार हत्याकाण्डमाथि थुप्रै टिकाटिप्पणी भए, पुस्तकहरु छापिए तर १८ बर्ष सम्म पनि यथार्थ कुरा बाहिर आउन सकेको छैन ।

हत्याकाण्डको बिषयमा अध्ययन गर्न तत्कालिन सभामुख तारानाथ रानाभाटको अध्यक्षतामा बनेको समितिले दरबार हत्याकाण्ड तत्कालिन युवराज दिपेन्द्रले गराएको प्रतिवेदन बुझाए पनि त्यसलाई धेरैले पत्याएनन् ।

प्रतिवेदनमा राप्रपा नेता पशुपतिशमशेर राणाकी छोरी देवयानी राणासँगको प्रेम प्रंसगका कारण दिपेन्द्रले हत्याकाण्ड मच्चाएको उल्लेख थियो ।

नारायणहिटी दरबारको त्रिभुवन सदनको विलियार्ड बैठकमा भएको हत्याकाण्डमा तत्कालिन राजा विरेन्द्र, रानी ऐश्वर्य, तत्कालिन युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, वीरेन्द्रका कान्छा भाइ धिरेन्द्र, वीरेन्द्रकी बहिनी राजकुमारी जयन्ती, शान्ति र शारदा सहितको ज्यान गएको थियो ।

राजा वीरेन्द्र तथा रानी ऐश्वर्यको सोही दिन मृत्यु भएर कोमामा रहेका दिपेन्द्रलाई नयाँ राजा घोषणा गरिएको थियो । त्यहि प्रसंगमा आज हामीले आम सर्वसाधारणहरुको राय लिएका छौँ । राजा वीरेन्द्रलाई आम सर्वसाधारणहरुले कसरी सम्झन्छन् ? र दरवार हत्याकाण्डबारे के भन्छन् त ? सुनौँ उनीहरुकै आवाजमा ।

प्रकाशित: १९ जेष्ठ २०७६ १७:२५ आइतबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी