पोखरामा झिनो मतले गठबन्धनको अग्रता

पोखरामा झिनो मतले गठबन्धनको अग्रता


पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यले झिनो मतले अग्रता कायम राखेका छन् । पछिल्लो पटक १ हजार ६ सय मत गणना गर्दा धनराजले ३० मतको अग्रता लिएका हुन् । मेयर पदमा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले ६ सय १३ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका कृष्ण थापाले ५ सय ८३ मत प्राप्त गरेका छन् ।

उपमेयर पदमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले १ सय ३३ मतान्तरले अग्रता कायम राखेकी छन् । रानाभाटले ७ सय १६ मत प्राप्त गरेर अग्रता कायम राखेकी हुन् । उनकी प्रतिस्पर्धी नेकपा एमालेकी मञ्जुदेवी गुरुङले ५ सय ८३ मत प्राप्त गरेर पछ्याइरहेकी छन् ।

त्यस्तै राप्रपाका शंकर खरालले ९८ मत प्राप्त गर्दा अटेरी उम्मेदवार गणेश पौडेलले ३६ मत प्राप्त गरेका छन् ।

पोखरा महानगरपालिकामा कुल २ लाख ७ हजार ७ सय १३ मतदाता रहेकोमा १ लाख ४३ हजार २ सय २६ मत खसेको थियो ।

Logo