काभ्रेको खानीखोला-१ मा माओवादीका सन्तमान थिङ एक भोट अन्तरले विजयी

काभ्रेको खानीखोला-१ मा माओवादीका सन्तमान थिङ एक भोट अन्तरले विजयी


काभ्रेको खानीखोला गाउँपालिका वडा नम्बर १ मा माओवादीका वडाध्यक्ष उम्मेदवार सन्तमान थिङ विजयी भएका छन्। उनले प्रतिद्वन्द्वी एमालेका आशाराम गोलेलाई एक मत अन्तरले हराएका हुन्।

खानीखोला वडा नम्बर १ मा कुल खसेको एक हजार २०२ मत गन्दा वडाध्यक्षमा विजयी सन्तमानले ५४८ मत ल्याएका थिए। यस्तै आशारामले ५४७ मत ल्याए।

यस्तै सो वडाको मतगणना हुँदा गाउँपालिका अध्यक्षमा माओवादीका उम्मेदवारले ६१७ मतसहित अग्रता कायम राखेका छन् । यस्तै एमालेका उम्मेदवारले ४९७ मत ल्याएका छन्। उपाध्यक्षमा कांग्रेसका उम्मेदवारले ५२९ मत ल्याउँदा एमालेका उम्मेदवारले ४८३ मत ल्याए ।

Logo